अपडेट : सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै भोलि थुनामुक्त हुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार (भोलि) थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार आज २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै भोलि थुनामुक्त हुने भएका हुन् ।

उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण भोलि मात्र रिहा हुने भएका हुन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिनुभएको छ। सन्दीपलाई विदेश जान भने रोक लगाइएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय