काठमाडौं। आम जनता पार्टी र नेकपा (माओवादी समाजवादी पार्टी)बीच एकता हुने भएको छ। पूर्वमन्त्री प्रभु साह नेतृत्वको आजपा र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादी एकता एकता हुन लागेको हो।
दुई दलबीच एकताबद्ध भएर जाने सहमति भएको आजपाका प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए। उनले एकीकृत पार्टीको नाम भने आम जनता पार्टी नै रहने प्रष्ट्याए।
अग्रगामी शक्तिहरूको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरूसँग एकताको अभियानमा आजपा रहेको प्रचारप्रसार विभाग उपप्रमुख यादवले बताए।
मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले यही महिना आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए।