मेलवर्न । नेपाली संघ भिक्टोरिया (न्याभ)को आयोजनामा जनवरी १५ देखि अष्ट्रेलियाको नेपाली समुदायकै ठूलोमध्येको एक इभेन्टको रुपमा १८ औं न्याभ कप चलिरहेको छ, जसको फाइनल खेल यही आइतवार हुँदैछ। प्रेस्टनको टि डब्लू पार्कमा भइरहेको खेलमा उपाधिको निम्ती नारे किंग्स र फार वेस्ट हन्टर्सवीच प्रतिस्पर्धा हुँदैछ ।उक्त अवसरमा नेपाली क्रिकेट संघका पूर्व कप्तान पारस खड्का सहभागि हुँदैछन् ।
यसवीचमा कनेक्टनेपालीले १८ औं न्याभ कपको अवसरमा मिडिया पार्टनरको रुपमा सहकार्य गर्दै समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको छ । सोही क्रममा आज कनेक्टनेपालीले १८ औं न्याभ कपको प्रायोजक ब्राइटन कलेजको मेलवर्न क्याम्पस म्यानेजर अमरराज आचार्यसंग न्याभकप सम्बन्धमा केही कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ ।
न्याभ तथा न्याभले आयोजना गरेको यस न्याभ कपसँग कसरी जोडिनु भयो ?
२००७ मा म अष्ट्रेलिया आएँ । अष्ट्रेलिया आएपछि न्याभले गर्ने कार्यक्रमहरुमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सहभागी भइन्थ्यो । म पहिला अरु कुनै कम्पनिहरुसँग काम गर्दा पनि न्याभ कपसँग काम गरिरहेको थिए । न्याभ कप आफैमा ‘नन् प्रोफिड अर्गनाइजेशन’ले चलाइरहेको स्पोर्टस् टुर्नामेन्टमा हाम्रो अहिलेको न्याभको अध्यक्ष प्रेम राज उप्रेतीजीले तपाइको कलेजले केहि आर्थिक सहयोग गर्न सक्छ भन्ने प्रस्ताव गर्नुभाएकोे थियो । त्यसैअनुसार हामीले खेलाडीहरुलाई प्रोत्साहन हुन्छ, केहि सहयोग हुन्छ भनेर न्याभ कपमा प्रायोजकको रुपमा जोडिने निर्णय गर्यौं । जे भए पनि यत्रो १०–१२ वटा क्लव आको छ अगाडि, फाइनान्सियल सपोर्ट बिना त संभव हुँदैन ।
अरु विजनेश लगायत हामीहरुकै सपोर्टबाट नेपालबाट भर्खर आएको विद्यार्थीहरुले खेल्न पाउनुभएको छ । आफ्नो प्रतिभा देखाउन पाउनुभएको छ । भोलि सबैले राम्रोसँग खेले भने यहाँ कै क्रिकेटकै लेभलमा लिगहरुमा पनि खेल्न जानुहोला । यसैगरि विस्तारै खेल्नै ग्रासरुटबाटै जाँदैगर्दा भोलिको ठुलो प्लेयर बन्ने होनी त । त्यसकारण ब्राइटन कलेजले न्याभ कपमा समर्थन गर्ने निर्णय लियौं ।
न्याभले आयोजना गरेको यो न्याभ कपबाट तपाईँहरुको अपेक्षा के छ ?
यसमा मेरो व्यक्तिगत अपेक्षाभन्दा पनि मैले प्रतिनिधित्व गर्ने संस्थाले के अपेक्षा गरेको छ भन्ने मुख्य रहन्छ । मैले प्रतिनिधित्व गर्ने संस्थाले न्याभले विशेषतः नेपाली समुदायमा भएका सबै स्पोर्टसमा पहिलेदेखि खेलिरहनुभएका भन्दा पनि रुट लेभलमा एकदम तल्लो तहमा ग्रासरुटलेभलमा रहेका सानो बच्चाहरुलाई नेपाली संस्कार र खेलकुद गरी दुईवटा कुराहरुमा न्याभले अझैं लगानी गरोस भन्छु मैले ।
‘न्याभको वर्तमान टिमहरुको मेहनत खटाई एक्दमै प्रसंशनीय छ । आफ्नो काम गरेर त्यसबाट बचेको समय परिवारलाई दिनुपर्ने समय कटौती गरेर, आर्थिक लाभ नहुने काम गरिरहनुभएको छ त्यसको लागि एक्दमै प्रसंशनीय छ । केहि कमीकमजोरी त केहि भैहाल्छन् तर उहाँहरुले गर्नुभएको कामको लागि उहाँहरुप्रति म नतमस्तक छु ।’
किनभने अब विस्तारै हामी यहाँ आइसकेको प्रथम पुस्तापछिको दोस्रो र तेस्रो पुस्ताले नेपाल र नेपाली संस्कार, भाषा नबिसियोस् भन्ने कुरामा न्याभले पूर्ण योगदान राख्न सक्छ भन्छु मैले । स्पोर्टस् त छदैछ । स्पोर्टस गर्ने अरु संस्थाहरु पनि छन् । न्याभले विशेषगरि रितीरिवावज, संस्कारलाई संरक्षण गर्ने कुरामा बढि फोकस गर्दा अझ राम्रो हुन्थ्यो भन्ने मेरो आफ्नो व्यक्तिगत सुझाव । अब संस्थागत हिसावले पनि खेललाई प्रवद्र्धन गरोस नेपालीहरुलाई प्रतिनिधित्व गर्ने विषयहरुलाई प्रवद्र्धन गरोस यहि नै हो ।
यसरी न्याभ कपमा प्रायोजकको रुपमा योगदान दिदैगर्दा तपाईँहरुको यसको कुन पक्ष विशेष लाग्यो ? अथवा यसमा विशेष लाग्ने कुरा के छ, जसले गर्दा तपाईँ यसप्रति आकर्षित हुनुभयो ?
पहिलो कुरा त न्याभ आफैँमा ‘नन् प्रोफिड अर्गनाइजेशन’ अर्थात गैर नाफामूलक संस्था भयो । जसले विभिन्न क्लवहरुलाई सर्पोट गरिरहेको छ । त्यसैगरी च्यारिटी म्याचहरु भैरहेको छ । अहिले कै समयमा पनि बालचौतारी नेपाली विद्यालयलाई सहयोग गर्ने भनी च्यारिटी म्याच खेलाइयो । विभिन्न पेशासँग सम्बन्धित साथीभाइहरु आएर च्यारिटी म्याच खेल्नुभयो । यस्ले पनि केहि एउटा ‘गुड कज बाट अर्को गुड कज’ हुन गयो नी त । यि सबै कुराहरुलाई समेट्नु भएकोले पनि हामी न्याभ कपमा आकर्षित भयौँ ।
अब बुँदागतरुपमा भन्नुपर्दा गैर नाफा मूलक भएकोले यसबाट न्याभलाई प्रत्यक्ष आर्थिक लाभ हुने कुरा थिएन । त्यो समुदायमै जान्थ्यो । हामी पनि प्राय यो ‘सब कन्टेनियन कम्युनिटी’ ( उपमहाद्वीपीय) क्षेत्रमा पर्ने नेपाल लगायत देशलाई प्रतिनिधित्व गर्ने खालको एउटा शैक्षिक संस्था भएको भएर हामी प्रत्यक्ष रुपमा देखिदाखेरी हामीकहाँ जोडिन विद्यार्थीहरुले पनि– हामीले पढ्दै गरेको संस्थाले यसरी स्र्पोट्सहरुमा लगानी गर्दोरहेछ हामीले त्यहाँ पनि अवसर पाउने रहेछौ भन्ने एउटा सन्देश पनि जान्छ भन्ने हिसावले न्याभ कपसँग जोडिएको हो ।
विगतका दिनहरुमा न्याभजस्तै सामुदायिक संघसंस्था तथा कार्यक्रमहरुमा तपाईँहरुले के कसरी जोडिनु भएको छ ?
व्यवसायिक सामुदायिक उत्तरदायित्वटीकै हिसावले कुरा गर्ने हो भने पनि नेपालमा पनि हामीले प्रत्यक्ष अप्रत्यक्षरुपमा कतिपय विद्यालयहरुलाई पुस्तकालय स्थापना गर्न, स्यानटरी प्याडहरु प्रदान गर्न प्रत्यक्ष–अप्रत्यक्षरुपमा सहयोग गरेर होस या हामीसँग काम गर्ने संस्थाहरु जस्ले हामीलाई विद्यार्थीहरु पठाउनुहुन्छ ती संस्थालाई आर्थिक रुपमा सहयोग गरेर, उहाँहरुमार्फत सहयोग गरेर पनि गरिरहेका छौ । नेपालमा यसैगरी अहिले क्विज को प्रतियोगीता पनि चलाइरहेका छौ । त्यसमा पनि सहयोग गरेका छौ । यहाँ पनि विभिन्न चाहे आर्थिक रुपमा लाभ हुने कार्यक्रमहरु होस् चाहे आर्थिक रुपमा लाभ नहुने कार्यक्रम जस्तै न्याभले गरिरहेको कार्यक्रमहरुमा प्राय हामीले धेरै स्पोर्टस्मा लगानी गरिरहेका छौ । जस्तो हामी आफैले पनि ब्राइटन खेलकूद क्लव भनेर चलाइरहेका छौ । त्यसमा हाम्रो उदेश्य भनेको के हो भने सबैजनाले मैत्रीपूर्ण क्रिकेट खेलेर आफूमा भएको प्रतिभा देखाउन पाउनुहुन्छ अनि उहाँले ‘प्लेटफर्म’ पाउनुहुन्छ भन्ने हो । छात्रवृत्तिको कुरा होस् अथवा प्रत्यक्ष या अप्रत्यक्षरुपमा हामीले विभिन्न सामाजिक संस्था चाहे नाफामूलक अथवा गैरनाफामूलक संस्थाहरुलाई सहयोग गरिरहेका छौ । र हामी जहिल्यै पनि यो सब कन्टेनेन् कम्युनिटी नेपाल लगायत अन्य मुलुकबाट आउनु भएका विद्यार्थी, समूदायहरुलाई सहयोग गर्न हामी तत्पर छौ ।
‘अब विस्तारै हामी यहाँ आइसकेको प्रथम पुस्तापछिको दोस्रो र तेस्रो पुस्ताले नेपाल र नेपाली संस्कार, भाषा नबिसियोस् भन्ने कुरामा न्याभले पूर्ण योगदान राख्न सक्छ भन्छु मैले । स्पोर्टस् त छदैछ । स्पोर्टस गर्ने अरु संस्थाहरु पनि छन् । न्याभले विशेषगरि रितीरिवावज, संस्कारलाई संरक्षण गर्ने कुरामा बढि फोकस गर्दा अझ राम्रो हुन्थ्यो भन्ने मेरो आफ्नो व्यक्तिगत सुझाव ।’
अहिले ब्राइटन कलेजले के कस्ता विषयमा शिक्षा प्रदान गरिरहेको छ ?
–हाम्रो अष्ट्रेलियामा दर्ता भएको शैक्षिक संस्था हो । हाम्रो मूख्य क्याम्पस मेलवर्न, व्रिसबेन र होबार्टमा रहेको छ । हामीले विशेष गरि हस्पिटालिटी म्यानेजमेन्ट जुनमा कमर्सियल कुकरीसम्बन्धि पढाई गरिन्छ । त्यसैगरि कम्युनिटी सर्भिस जसमा एजकेयर वृद्धवृद्धाहरुलाई स्याहासुसार गर्ने कोर्षहरु’ अनि विजनेश, आइटी र ग्र्याजुएट डिप्लोमा लगायतका कोर्षहरु प्रदान गर्छौ । यि सबै कोर्षहरुमा धेरैजसो विद्यार्थीहरु कमर्सियल कुकरी गरेर हस्पिटालिटी म्यानेजमेन्ट पढिरहनुभाछ । हाम्रो अत्याधिक विद्यार्थीहरु भने सब कन्टेनेन्ट रिजनबाटै हुनुहुन्छ ।
ब्राइटन कलेजको संस्थागत तथा सामुदायिक क्षेत्रमा रहेर आगामी योजनाहरु के कस्ता रहेका छन् ?
शैक्षिक हिसावले हेर्नुपर्दा हामी यसलाई अझैं विस्तार गर्न खोजिरहेका छौ । अरु राज्यमा क्याम्पस शुरू गर्ने तयारी छ । सिड्नीमा अहिले हाम्रो क्याम्पस छैन । अब अर्को चरणको क्याम्पस हाम्रो शायद सिड्नी मै खोल्ने की भन्ने सोंचमा छौ । त्यसैगरी अरु कोर्षहरु हामीले नेपालमा या अरु देशहरुमा परिचय गराउँदै त्यहाँ अझैं फरकखालको सीप हामीले सिकाउन सक्छौ की भनेर अरु–अरु कोर्ष पनि हामीले खोजी गरिरहेका छौं व्यावसायिक दृष्टिबाट ।
अब सामाजिक उत्तरदायित्वमा हामी जहिल्यै पनि खुला छौ, हामीले सकेको आर्थिक अथवा नैतिक सहयोग गर्न सधै हामी खुला छौ । कुनै पनि नेपालीसँग काम गरिरहनुभएको÷जोडिनुभएको संसस्था होस या अन्य सब कन्टेनेन्ट रिजेनमा जोडिएका संस्थाहरु हुनुहोस् उहाँहरुसँग कुनै पनि प्रपोजल छ र कुनै काम गर्दै हुनुहुन्छ र आर्थिक सहयोग चाहिएको छ भने हामी त्यसमा जहिले पनि तत्पर छौ ।
अन्त्यमा, अष्ट्रेलियामा बढ्दै गइरहेको नेपाली समुदायलाई के सन्देश दिन चाहानुहुन्छ ?
मेरो व्यक्तिगत शन्देश हामी सबै मिलेर बसौ । किनकी हामी सबैले नेपाल र नेपालीलाई प्रतिनिधित्व गर्छौ । हामी या हाम्रो समुदायमध्येका एक जनाले पनि केहि राम्रो ग¥यौ भने पनि नेपालीमुलको मान्छेले यो गरेछ भनेर हामी समाचारमा पढ्दा छाती चौडा भएर आउँत । फेरि कसैले नराम्रो गर्दाखेरि पनि नेपालीमुलको ले यो गरेछ, यस्तो गरे छ भन्ने समाचारहरु पढिरहेका हुन्छौ सकेसम्म एकअर्कालाई सहयोग गरौं । यहाँ (अष्ट्रेलिया) स्टाब्लिस भइसकेका छौ र भर्खरै आउनुभएका भाइबहिनीहरुलाई केहि सहयोग चाहिएको छ भने आर्थिक नै हुनुपर्छ भन्ने छैन कुनै सल्लाह दिन सकिन्छ, त्यसले भविष्य बनाउन सहयोग गर्छ भने त्यो सहयोग गरौं । र आफ्नो कला र संस्कृतिलाई जोगाइ राखौ यहाँ अष्टे«लियामा पनि आफू पछिको सन्ततीलाई पनि सिकाउ यहि भन्न चाहन्छु ।
न्याभको वर्तमान टिमहरुको मेहनत खटाई एक्दमै प्रसंशनीय छ । आफ्नो काम गरेर त्यसबाट बचेको समय परिवारलाई दिनुपर्ने समय कटौती गरेर, आर्थिक लाभ नहुने काम गरिरहनुभएको छ त्यसको लागि एक्दमै प्रसंशनीय छ । केहि कमीकमजोरी त केहि भैहाल्छन् तर उहाँहरुले गर्नुभएको कामको लागि उहाँहरुप्रति म नतमस्तक छु ।