नेप्से परिसूचक आज २८.६८ अंकले घट्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक आज २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ ।

यस दिन ३०९ धितोपत्रका ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर दुई अर्ब ५९ करोड सात लाख ३७ हजार २२ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटै उपसमूहको समूहगत परिसूचक राताम्य देखिएको छ । फाइनान्स उपसमूहको समूहगत सूचक सार्वधिक ३।२१ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर